सर्लाहीमा हिरासतबाट भागेका थुनुवा २४ घण्टा नबित्दै पक्राउ

हरिवन : ईलाका प्रहरी कार्यालय हरिवनको हिरासत कक्षबाट फरार एक जना थुनुवा पक्राउ परेका छन् ।

शनिबार दिउँसो फरार भएका बरहथवा नगरपालिका-९ मूर्तिया निवासी रामअयोधी मुखियालाई हरिवन नगरपालिका -६ चार्ली नयाँबस्ती घुर्कौलीमा लुकेर बसेकाे अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको हो।

प्रहरी हिरासतबाटै थुनुवा फरार भएको घटनामा जिल्ला प्रहरी कार्यालयले हरिवन इप्रका हरिवनका ४ जना सुरक्षाकर्मीलाई जिल्ला तानेर अनुसन्धान गरेको थियो।

हरिवन प्रहरीका अनुसार मुखिया लागूऔषध मुद्दामा पटक-पटक पक्राउ परेका अभियुक्त हुन्।

सर्लाही जिल्ला अदालतबाट म्याद थप भई प्रहरी हिरासतमा रहेका फरार मुखिया गएको कार्तिक ४ गते ६ किलो गाँजासहित पक्राउ परेका थिए।

सम्बन्धित समाचार

सबै