अख्तियार भ्रष्टाचारीको अखडा बन्यो- सांसद सिंह

काठमाडौं : सर्लाहीबाट स्वतन्त्र निर्वाचित सांसद अमरेशकुमार सिंहले अख्तियार पूर्वकर्मचारीहरूको क्लब बनेको आरोप लगाएका छन् ।

सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसद सिंहले अख्तियार पूर्व कर्मचारीको क्लब बनेको र त्यो रहेसम्म पार नलाग्ने बताएका हुन्। ।

सिंहले प्रधानमन्त्री कार्यालयको पैसा उठाउने ठाउँ सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान कार्यालय बनेको समेत आरोप लगाए  उनले भने,  ‘प्रम कार्यालय भ्रष्टाचारको मूल जड बनेको छ । अख्तियार आफैँ भ्रष्टाचारको अखडा बनेको छ ।’

भ्रष्टाचार गरेको विषय ढाकछोप गर्न कर्मचारीहरूको अख्तियारमा सरुवा हुने गरेको समेत सांसद सिंहले आरोप लगाए।

सम्बन्धित समाचार

सबै