
लालबन्दी : फिल्म ‘पूर्णबहादुरको सारंगी’ले दुई साता पार गर्दा पनि दर्शकको ओइरो लागिरहेको छ। तर यस्तोमा केही हलबाट भने फिल्म उत्रिने भएको छ।
देशभरका २० वटा हलबाट फिल्म पूर्णबहादुरको सारङ्गी उतारिने भएको हो ।
ती सिनेमा हलहरूले उपलब्ध गराएको ग्रसकलेक्सन रिपोर्ट चित्तबुझ्दो नभएपछि निर्माण पक्षले मङ्सिर १ गते (शनिबाटरबाट) सिनेमा उतार्ने निर्णय गरेको हो।
फिल्मको निर्माण पक्षले शुक्रवार एक विज्ञप्ति जारी गर्दै भनेको छ- ‘केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारङ्गी हाउस फूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराए पनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै सम्बन्धित हलबाट मङ्सिर १ गते शनिबारबाट नै सिनेमा उतार्ने निर्णयमा पुगेको छ ।
ती हलबाट सिनेमा उतार्ने निर्णयले दर्शकमा पर्न गएको असुविधाप्रति निर्माण पक्षले क्षमा मागेको छ । साथै सिनेमा हेर्न इच्छुक दर्शकहरूले नजिकैको अर्को हलमा गएर हेरिदिन समेत निर्माण पक्षले आग्रह गरेको छ ।
यसरी फिल्म उतारिएका देशभरका यी हुन् २० हलहरू
१. अरुण हल, विराटनगर
२. निलम सिनेमाज, जनकपुर
३. विणा चलचित्र मन्दिर, लालबन्दी
४.गोरखा हल, गोरखा
५. बर्दिबास हल, बर्दिबास
६.विराटचोक हल, मोरङ
७.सीवी हल, इनरुवा
८.दीपक हल, बरहथवा
९. द्वारिका हल
१०. हिमालय हल, विराटनगर
११.चरिकोट हल, दोलखा
१२.एभरेस्ट हल, राजगढ
१३. धनकुटा हल, धनकुटा
१४.फिदिम हल, पाँचथर
१५. त्रिशूली, नुवाकोट
१६. इलाम हल, इलाम
१७.लभकुश हल, महेन्द्रनगर
१८. त्रिमुली हल
१९. गिरिराज हल, जनकपुर
२०.पाथीभरा हल, दमक