
महोत्तरी : महोत्तरीबाट १५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
जिल्लाक्क औरही नगरपालिका-१ औरही चेक पोष्ट अगाडि सडकबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५० किलोग्राम, नगद ७७ हजार रुपैयाँ र मोबाइल ३ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-११ बस्ने २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका-२ बस्ने ३० वर्षीय पेमा दोर्जे लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपि ५७ एएफ ९४९५ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजासहित उनीहरू पक्राउ परेका हुन्।