उपनिर्वाचन: सप्तरीको डाक्नेश्वरीलाई अतिसंवेदनशील मान्यो प्रहरीले, देशभर ७ हजार बढी सुरक्षाकर्मी माग

गोडैता : मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा प्राथमिकता हेरेर ७ हजार २ सय प्रहरी परिचालन गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ।

सुरक्षा विश्लेषणको आधारसहित प्रहरीले प्रस्तावित ‘सुरक्षा योजना’ गृह मन्त्रालयमा आज पठाएको छ ।

सप्तरीको डाक्नेश्वरी गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगंगा र जाजरकोटको नलगाड नगरपालिकालाई ‘अति संवेदनशील’मा प्रहरीले वर्गीकरण गरेको छ ।

डाक्नेश्वरीमा वडाध्यक्ष, पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष र नलगाडमा उपप्रमुखको निर्वाचन हुँदैछ ।

प्रहरील संवेदनशील मानेको मतदानस्थलमा २०७९ मा केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको भन्दा थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

२०७९ वैशाख ३० मा भएको स्थानीय तहको चुनावको विश्लेषणका आधारमा प्रहरीले ५४ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गीकरण गर्न प्रस्ताव गरेको छ ।

४७ मतदानस्थललाई संवेदनशील र ६२ वटालाई सामान्य मतदानस्थलमा प्रहरीले वर्गीकरण गरी सुरक्षाकर्मी प्रस्ताव गरेको गृह मन्त्रालयले जनाएको छ।

मंसिर १६ गते ३३ जिल्लाका विभिन्न स्थानीय तहमा ४४ पदका लागि उपचुनाव हुँदैछ ।

सम्बन्धित समाचार

सबै