
काठमाडौँ : हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै छ। आज कोशी र गण्डक प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै तराई भेगमा भने बिहानीपख हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागमा स्थानीय वायुको समेत सामान्य प्रभाव रहेको महाशाखाको नियमति बुलेटिनमा उल्लेख गरिएको छ।
आज (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।