यो सरकार र व्यवस्था सडकबाटै फाल्छौं : प्रभु साह

गोडैता : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब सडकबाटै यो सरकारको अन्त्येष्टि गर्नुको विकल्प नरहेको बताएका छन्।

आजपा मधेश प्रदेश कमिटीद्वारा आज सोमबार जलेश्वरमा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेश यात्रा’ कार्यक्रम उनले सरकार असफल भइसकेको टिप्पणी गरे।

शान्ति सुरक्षा कायम गर्न अहिलेको असफल भएको र हरेक वस्तुमा कर आतंक मच्चाएको साहले आरोप लगाए।

‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिइरहेको छ,’ साहले भने, ‘विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ। त्यसैले यो व्यवस्था र सरकार हुँदासम्म मुलुक समृद्ध हुन सक्दैन।’

स्थायित्व, समृद्धि र जनताको आवश्यकता र चाहना पूरा गर्न यो व्यवस्था र सरकार सडकबाटै जनताले फाल्न ढिलाइ गर्न नहुने उनले बताए।

जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको पनि उनको आरोप थियो।

सम्बन्धित समाचार

सबै