बलात्कार मुद्दामा पुर्पक्षमा रहेकालाई छुटाइदिने भन्दै १७ लाख ठगी !

लालबन्दी : बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै पीडकका आफन्तसँग १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ बैराठपुरका २५ वर्षीइ सहदेव पटेल छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो।

अपहरण र बलात्कार आरोपमा पुर्पक्षमा वीरगञ्ज कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनले १० लाख ठगी गरेको आरोप छ।

त्यसैगरी बलात्कार केशमा पुर्पक्षमा थुनामा रहेका अर्का व्यक्तिलाई छुटाइदिने भन्दै उनले ७ लाख लिएर ठगी गरेको खुलेको बाराका डीएसपी दधिराम न्यौपानेले बताए।

सम्बन्धित समाचार

सबै