आजको मौसम : तराईमा बिहानै लागेको हुस्सु दिउँसो हट्दै जाने

काठमाडौँ : आज दिउँसो पनि तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ। तर उक्त हुस्सु घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यस्तै आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात पनि हुन सक्ने विभागको अनुमान छ।

आज बिहानसम्म देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ।

त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन्।

सम्बन्धित समाचार

सबै