
बागमती : पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमतीमा तेल बोक्ने ट्यांकर दुर्घटना हुँदा दुईजना घाइते भएका छ्न्।
बागमती नगरपालिका-२, पुरानो चौकीमा प्रदेश १-०२-००१ ख ८८८७ नम्बरको टयाङ्कर अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा बागमती नगरपालिका-४ बस्ने हेम बहादुर मगरका १४ वर्षीय छोरा प्रितम र सोही स्थानका कुमार कार्कीका १४ वर्षीय छोरा प्रेम घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
प्रितमलाई वीरगन्ज रिफर गरिएको छ भने प्रेमको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्टर चालक बाराको सिमरा उपमहानगर पालिका-२२, बस्ने ३२ वर्षीय पञ्चलाल रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।