सर्लाहीमा माेटरसाइकलकाे ठक्करबाट एक पुरुषकाे मृत्यु

बागमती : सर्लाहीमा माेटरसाइकलकाे ठक्करबाट एक पुरुषकाे मृत्यु भएकाे छ।

बागमती नगरपालिका-११ मा बागमतीबाट हरिवनतर्फ जाँदै गरेको बाप्र ०२-०४५ प ३०४८ नम्बरकाे मोटरसाइकलकाे ठक्करबाट स्थानीय ५५ वर्षीय शिव थापाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

शनिबार साँझ सबा ६ बजेतिर माेटरसाइकलले ठक्कर दिएकाे थियाे। ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल नमूना अस्पताल हरिवनमा पुर्‍याइएकोमा चिकित्सकले मृत घाेषणा गरेका थिए।

मोटरसाइकल चालक सिन्धुलीकाे हरिहरपुरगढी गापा-८ बस्ने ३० वर्षीय आयुष सिंजालीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै