डाक्टरहरूले सामूहिक राजीनामा दिएपछि जलेश्वर अस्पतालको सेवा प्रभावित

जलेश्वर : डाक्टरहरूले सामूहिक राजीनामा दिएपछि प्रादेशिक अस्पताल जलेश्वरको सेवा प्रभावित भएको छ।

अस्पतालमा कार्यरत तीन जना चिकित्सकले तलब, भत्तालगायत सुविधा नपाएको भन्दै राजीनामा दिएका थिए।

उक्त अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेका छन्। अस्पतालमा डाक्टर नहुँदा उपचार पाउन समस्या भएको जलेश्वर–२ का अनिलकुमार साहले बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या समाधानतर्फ आफू लागेको बताए।

अस्पताल व्यवस्थापन समिति, मधेश सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

सबै