बलरा : सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बलरा नगरपालिका-९, अचलगढमा आज मंगलबार अनटेष्ट ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा त्यसका चालक ४० वर्षीय राजेश साह (रुस्तम) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाही जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
चालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।