
लालबन्दी : सरकारले उखुको समर्थन मूल्य बढाएर निर्धारण गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य २० रुपैयाँ वृद्धि गरेको हो।
उखु मिलले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गर्ने निर्णय सरकारले गरेको हो।
जसअनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउनेछन् ।
सरकारले उखु किसानलाई अनुदानबापत दिने रकम भने निर्णय हुन बाँकी छ।