
गोडैता : रौतहटमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ।
लमाहा खोलामा डुबेर गरुडा नगरपालिका-२ का देवालाल साहका १८ वर्षीय छोरा जितेन्द्र र उमेश साहका १८ वर्षीय छोरा राजीवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा उनीहरु दहमा डुबेका हुन्। अचेत अवस्थामा उद्धार गरेर बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडा लगिएकोमा त्यहाँ चिकित्सकले दुवै युवकलाई मृत घोषणा गरेका थिए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।