स्थानीय तह उपनिर्वाचनः मतदान सुरु

काठमाडौँ : स्थानीय तहका रिक्त ४१ पदका लागि उपनिर्वाचन सुरु भएको छ। आइतबार बिहान ७ बजेदखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। मधेश प्रदेशका

मधेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ मा उपनिर्वाचन हुँदैछ।

त्यसैगरी धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, रौतहटकै राजपुर नगरपालिका –६  र बाराको गढीमाई नगरपालिका–८ मा  उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार देशैभरि विभिन्न पदका लागि ३७६ जनाले उम्मेदवारी दिएका छन्। कुल २० वटा राजनीतिक दलका उम्मेदवारबाहेक आइतवार हुने उपनिर्वाचनमा १०२ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

मधेश प्रदेशमा कहाँ कहाँ कति छन् उम्मेदवार ?

मधेश प्रदेशका सात वटा वडामा हुने उपनिर्वाचनका लागि १०३ जनाको उम्मेदवारी परेको छ।

मंसिर २ गते आइतबार भएको मनोनयन दर्तामा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदका लागि २१ जना, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २ को वडाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ।

यस्तै सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नम्बर १ को वडाध्यक्षका लागि ९ जना र वडा नम्बर ४ का लागि ८ जनाले मनोनयन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ।

यस्तै रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदका लागि १५ जना, राजपुर नगरपालिका वडा नम्बर ६ का लागि १४ जना र गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदका लागि १६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भएर मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन्।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

सम्बन्धित समाचार

सबै