लहानः सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ।
बरियारपट्टी गाउँपालिका-१ मा ड्युटीमै रहेका बेला आज (आइतबार) बिहान करिब ३ बजे ४८ वर्षीय सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको हो।
नम्बर नखुलेको स्कोरपियोले भारतीय सीमानजिकै रहेको बडीयारपट्टी-१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका बेला सई यादवलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सई यादवलाई ठक्कर दिएर गाडी भारततर्फ भागेकाले नम्बर खुल्न सकेको छैन। गाडीको खोजतलास भइरहेको सिरहा प्रहरीले जनाएको छ।
तीव्र गतिमा आएको गाडी सई यादवले रोक्न खोजेपछि उनैलाई ठक्कर दिएर भागेको र उनको घटनास्थलमै मृत्यु भएको हो। मृतक यादव बीओपी बरहरीमा कार्यरत थिए।
भारततर्फ मदिरा तस्करी भइरहेको छ भन्ने सूचनाका आधारमा सशस्त्रको टोलीले स्कोरपियोलाई आज बिहान ३ बजेतिर चेकजाँच गर्न खोज्दा दुर्घटना भएको हो।