जडीबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा वीरगन्जका चालकको मृत्यु

गोडैता : काठमाडौं महानगरपालिका-३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

सडकमा रोकिराखेको बा ४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल शनिबार राति ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१४ मुरलीबँगैचा घर भएका ४५ वर्षीय सञ्जय सिंहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको र टिपर चालकको खोजी भइराखेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै