![](https://sarlahinews.com/wp-content/uploads/2024/12/inbound7466291094854523003.jpg)
बर्दिबास: महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन्।
दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रह्यो।
माओवादीकी उम्मेदवार आरती यादवले ५३४ मत प्राप्त गरिन् भने तेस्रो भएको कांग्रेसका उम्मेदवार मोहम्मद जनिफ खाँले २८४ मत पाएका छन्।
उपनिर्वाचनमा कुल मतदातामध्ये १ हजार ५१४ (७०.७१) मत खसेको थियो।
वडाध्यक्ष मुकेश यादवको दुर्घटनामा मृत्यु भएपछि सो पदपूर्तिका लागि यस वडामा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा मृतक यादवकी श्रीमतीलाई माओवादीले उम्मेदवार बनाएको थियो।