रौतहटको राजापुर-६ मा कांग्रेसका उम्मेदवार विजयी

रौतहट : रौतहटको राजपुर नगरपालिका–६ को वडाध्यक्षको पदमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम विजयी भएका छन्।

आलम ७४४ मत ल्याई विजयी भएका हुन्।

आलमका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जिकुरुलाहले ४६३ मत ल्याए।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि यो वडामा कांग्रेसले नै जितेको थियो।

मतपरिणाम अनुसार नेकपा एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२ हजार ५४६ मतदाता रहेको यो वडामा आइतबार भएको मतदानमा १ हजार ७६६ मत खसेको थियो।

कांग्रेसका वडाध्यक्ष शेख मोजरेको गत वर्ष मृत्यु भएपछि यहाँ यहाँ उपनिर्वाचन भएको हो।

सम्बन्धित समाचार

सबै