
लालबन्दी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ।
वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको हो।
यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीवी राई हुन्। त्यहाँबाट गोर्खा मिडिया नेटवर्कमा पैसा भित्राएर अपचलन गरेको आरोपमा रवि, जीबीसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो।
सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । रकम फिर्ता नपाएको भन्दै पीडितले जाहेरी दिएका थिए ।
अहिले रविमाथि चितवनमा बयान भइरहेको छ । काठमाडौंबाट पक्राउ परेका रविलाई कास्की, रुपन्देही, काठमाडौं लगिसकिएको छ भने अहिले चितवन लगिएको छ।
उनले चितवनको साहारा सहकारीको रकम अपचलनसम्बन्धी बयान दिइरहेका छन्।
उनले यसअघि नै पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबारे बयान दिइसकेका छन्।
अब फेरि बयानका लागी पर्सा लगिने छ।