
हरिपुर : सर्लाही जिल्ला साविक लक्ष्मीपुर गाविसको ०-५-२-८ बिघा सरकारी प्रकृतिको जग्गा स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि हरिपुर नगरपालिकालाई उपयोग गर्न स्वीकृति दिने सरकारले निर्णय गरेको छ।
बिहीबार र शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार अब स्वास्थ्यचौकी भवन बन्ने र त्यसका लागि अहिले उक्त क्षेत्रमा लागिरहेको बजार स्थानान्तरणको तयारी गर्न लागिएको नगरपालिकाका सूचना अधिकारी विनय पौडेलले जानकारी दिए।
उक्त पाँच कठ्ठा भन्दा क्षेत्रफल भएको जग्गामा धेरै समयअघि देखि बजार लागिरहेको उनले जानकारी दिए।