किरियाखर्चमा समेत भ्रष्टाचारः महोत्तरीका दुई सुब्बाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

बर्दिबास : सवारी ज्यान कसुर मुद्दामा मृतकको हकदारले पाउनुपर्ने किरिया खर्चमा पनि भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले दुई नायब सुब्बावविरुद्ध मुद्दा दायर गरेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक कुमार यादवले पीडित पक्षले पाउनुपर्ने किरिया खर्चबापतको रकम दिलाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा आयोगको बर्दिबासस्थित कार्यालयबाट गएको टोलीले २० हजार रुपैयाँसहित नासु यादव र दिनेश प्रसाद साहलाई पक्राउ गरेको जनाएको छ।

नासु यादव र साहको मिलेमतो गरी सवारी दुर्घटनापछि मृतकको आफन्तले नियमअनुसार पाउनुपर्ने काजकिरिया तथा क्षतिपूर्ति खर्च उपलब्ध गर्न सहजीकरण गरिदिएवापत उक्त रकम सेवाग्राहीसँग लिएको अख्तियारको आरोप छ।

घुस रकमसहित समातिएका सुब्बाद्वयलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम २० हजार बिगो कायम रही बिगोबमोजिम मागदाबी र कैद सजाय माग गरी हिजो विशेष अदालत काठमाडौँमा आरोप-पत्र दायर गरेको हो।

 

सम्बन्धित समाचार

सबै