ललितपुरको मेडिकलमा प्रहरीको छापा, सर्लाहीका युवकसहित २ जना पक्राउ

काठमाडौँ : ललितपुरको ग्वार्कोस्थित प्रभात माध्यमिक विद्यालयको भवनमा सञ्चालित मेडिकलमा प्रहरीले छापा मारेको छ।

त्यस क्रममा प्रहरीले सर्लाहीका एक जनासहित दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा मेडिकल सञ्चालक सप्तरीको बोदे बर्साइन नगरपालिका–३ घर भएका ५१ वर्षीय उमेश प्रसाद यादव र सर्लाहीको पर्सा गाउँपालिका घर भएका २४ वर्षीय धीरेन्द्र कुमार यादव छन्।

मेडिकलबाट प्रतिबन्धित औषधि प्रिगलिन १ हजार ७१५ ट्याब्लेट, डिकोलिक १ हजार ८४० ट्याब्लेट र एन्टिकफ १ हजार १४० ट्याब्लेट प्रहरीले बरामद गरेको छ।

सम्बन्धित समाचार

सबै