एनपिएलः सुदूरपश्चिमसँग पराजित जनकपुरले फाइनल प्रवेशका लागि कर्णालीसँग खेल्ने

जनकपुरधामः सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुर बोल्ट्स फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग खेल्ने भएको छ।

बुधबार दिउँसो भएको खेलमा सुदूरपश्चिमले भने जनकपुरमाथि जित निकाल्दै फाइनल प्रवेश गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले जनकपुरमाथि ८ विकेटको सहज जित निकालेको हो।

जनकपुर बोल्ट्सले दिएको १३९ रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। यसअघि लिग चरणमा भएको खेलमा पनि सुदूरसँग जनकपुर पराजित भएको थियो

सम्बन्धित समाचार

सबै