जनकपुरविरुद्ध कर्णालीको कमजोर प्रदर्शन, दियो ११९ रनको सामान्य लक्ष्य

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर ११८ रन बनाएको हो।

कर्णालीलाई सस्तैमा समेट्न जनकपुरका ललित राजवंशी, जेम्स निसम र मोहम्मद मोसिनले समान दुई दुई विकेट लिए। ३ ओभर गरेका किशोरी महतोले भने आज कुनै विकेट लिन सकेनन्।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन बनाए भने ओपनर देव खनालले २४ रन बनाए। अन्य ब्याटर आज चल्न सकेनन्। कप्तान सोमपाल कामी ८ बलमा मात्र ५ रन बनाएर क्याच आउट भए।

आजको विजेताले शनिबार हुने एनपिएलको उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ।

सम्बन्धित समाचार

सबै