आज एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध तेस्रो खेलमा नतिजा उल्ट्याने दाउमा जनकपुर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

एनपीएलको पहिलो संस्करणको खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु हुनेछ।

लिग चरणको एक र क्वालिफायरमा एक गरी दुवै पटक पराजित जनकपुर आजको खेलमा भने संयमता अपनाएर नतिजा उल्ट्याउने पक्षमा छ।

जनकपुरमाथि नै जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो। सुदूरपश्चिमले जारी एनपिएलमा मात्र १ खेलमा पराजय भोगेको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा जनकपुरलाई नलिने बताएका छन्।साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताए।

सम्बन्धित समाचार

सबै