
जनकपुरधाम : महोत्तरीमा लुटेरा समूहले आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
शनिबार बिहान मनरा शिसवा नगरपालिका-४ साढाका अन्दाजी ७० वर्षीय सुशील झालाई लुटेराहरूले हत्या गरेका प्रहरीले जनाएको छ।
बिहान ३-४ बजेतिर अनुमानित ८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेका स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।
लुटेरा समूहले झाको घरमा रहेको सुनका केही गहना र करिब एक लाख रुपैयाँ पनि लुटेर लगेको उनले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान गरिरहेको जयसवालले बताए।