
निजगढ : बाराको जितपुर सिमरा उपमहानगरपालिका-११ जितपुरमा एक कारमा शव फेला परेको छ।
बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा शव शनिबार बिहान भेटिएको शवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन।
अज्ञात समूहले गोली प्रहार गरेर हत्या गरेको जस्तो देखिए पनि प्रहरीले आधिकारिक पुष्टि गरेको छैन। जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ।
घटनाबारे अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए।