बारा : बारामा पिकअप भ्यानको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
बारागढी गाउँपालिका-२ दौर्वाबाट मलाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च २८१० नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँकी ७२ वर्षीया कबित्रीदेबी महराको मृत्यु भएको हो।
पिकअपको ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
दुर्घटनापछि पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।