सर्लाहीका अमनमाथि कुटपिट भएको भन्दै जनकपुरमा गृहमन्त्रीको पुत्ला जल्यो

जनकपुरधाम – नेपाल प्रिमियर लिग (एनपीएल) क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि दुर्व्यवहार हुँदा पनि कारबाही नगरेको भन्दै जनकपुरधाममा युवाहरूले गृहमन्त्रीको पुतला जलाएका छन्।

फाइनल खेलका दिन जनकपुर बोल्टस्‌का समर्थकमाथि भएको भन्दै स्थानीय युवाहरूले नाराबाजीसहित गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेका हुन्।

सोमबार जनकपुरका युवाहरूले भानुचोकमा प्रदर्शन गरेका हुन्।

शनिबार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एक समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेको र कुटपिट गर्नेमाथि कुनै कारबाही नभएको उनीहरूको आरोप थियो।

यसैबीच अमनकुमार सिंहमाथि भएको भनिएको कुटपिट नभएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ।

सम्बन्धित समाचार

सबै