
हरिपुर्वा : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँट्टा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा प्र ०१-००१ य १६५९ नम्बरको स्करपियोलाई विपरीत दिशाबाट आउँदै गरेको ए २-०३००-१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
ठक्कर पश्चात् स्करपियो सडकमै रहेको र ट्रक पुलको बीच भागबाट खसेर दुर्घटनाग्रस्त भएको थियो। स्करपियोमा सवार चारजना सकुसल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो।