सवारीसाधनको कर र जरिवानामा मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने

जनकपुरधाम : मधेश प्रदेश सरकारले सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कमा शतप्रतिशत छुट दिने भएको छ।

मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१ गत मंसिर र १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।

ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुटसम्बन्धी निर्णय भएको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत सुनिलकुमार शाहले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तै यातायात व्यवस्था कार्यालय लहान, सिरहाले पनि आज यससम्बन्धी सूचना जारी गरेर जानकारी दिएको छ। कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उफदफा ४ बमोजिम ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेको सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा, सवारीसाधन कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट दिने उल्लेख छ।

सम्बन्धित समाचार

सबै