सांसद अमरेश सिंहको आरोप- मधेशको राजनीतिमा व्यापारीकरण भएको छ

काठमाडौँ : सांसद डा. अमरेशकुमार सिंह मधेशको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले मधेशको राजनीतिमा व्यापारीकरण मौलाएको टिप्पणी गरे। उनले मधेसको राजनीतिमा भइरहेको व्यापारीकरण नहटेसम्म मधेशका जनताले न्याय नपाउने बताएका हुन्।

उनले मधेशी जनताले त्याग गरेको भए पनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेशको विकास र समृद्धि हुन नसकेको पनि बताए।

मधेशका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ थियो। उनले भने, ‘राजनीति निष्ठा हो। आज मधेशको राजनीतिमा निष्ठाको आवश्यकता छ। त्यागको आवश्यकता छ। जहिले पनि मधेशी जनताले त्याग गरेको छ। नेताले त्याग गरेको छैन। यो यथार्थ हो।’

सांसद सिंहले मधेश सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भए पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धि नभएको पनि आरोप लगाए।

सम्बन्धित समाचार

सबै