रौतहटमा बुहारीको हत्या गरी फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ

लालबन्दी : रौतहट प्रहरीले कर्तव्य ज्यानका अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ।

२०६५ पुस २४ गते आफ्नै बुहारी (भाइकी श्रीमती) हत्या गरी फरार कटहरिया-१ का ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले आफ्नै भाइकी श्रीमती २२ वर्षकी शारदा देवीलाई हत्या गरी बेपत्ता पारेका थिए। तीन दिनपछि शारदाको शव बारीमा गाडिएको अवस्थामा फेला परेको थियो।

घटनापछि फरार महतोलाई १६ वर्षपछि पक्राउ गरिएको रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए।

प्रहरीले जिल्ला अदालत रौतहटबाट म्याद लिएर थप अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित समाचार

सबै