रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–६ मा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि खेलकुद मैदान निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ।
चन्द्रपुरका नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेका अनुसार छाया नेपाल नामक संस्थाले बहिरा तथा सुस्त श्रवण बालबालिकाका लागि आवश्यक खेलकुद पूर्वाधार तथा खेलकुद सामग्रीसहित उक्त खेलकुद मैदान निर्माणमा सहयोग गरेको हो ।
सो खेलकुद मैदानको निर्माण लागत कुल रू २५ लाख १३ हजार नौ सय ७७ रहेको छाया नेपालका मधेश प्रदेश संयोजक आशीषकुमार रायले जानकारी दिए।
खेलकुद मैदान तथा करेसाबारीको सञ्चालन जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिले गर्नेछ।
यसविद्यालयमा छात्राबासमा बसी अध्ययन गर्ने ५४ जना बहिरा तथा सुस्त श्रवण विद्यार्थीहरूले खेलकुद मैदानबाट सेवा लिन सक्ने विद्यालयले जनाएको छ।