मोटरसाइकल चोरी मुद्दामा सजाय तोकिएका प्रतिवादी लालबन्दीबाट पक्राउ

लालबन्दी : मोटरसाइकल चोरी मुद्दामा फरार एक प्रतिवादीलाई ‍लालबन्दी प्रहरीले आज पक्राउ गरेको छ।

मोटरसाइकल चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएका लालबन्दी नगरपालिका वडा नम्बर १ का २६ वर्षीय सूर्यदीप चौधरीलाई आज (सोमबार) पक्राउ गरी कारागार बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी अधिकृत सुजन पाठकले जानकारी दिए।

चौधरीलाई जिल्ला अदालत मलगंवाले चोरी मुद्दामा ‍२०७९ साल मंसिर ३ गते २ वर्ष ९ महिना जेल सजाय तोकेको थियो। अदालतबाट कसूर प्रमाणित भएका उनी त्यसयता फरार रहँदै आएका थिए।

लालबन्दी प्रहरीले केही समययता अदालतबाट सजाय पाएका फरार अभुक्तहरूलाई पक्राउ गर्दै कारगारमा बुझाउँदै आएको छ।

सम्बन्धित समाचार

सबै