सर्लाहीमा १२ कठ्ठाको उखुमा आगलागी

बलरा : सर्लाहीको दुई किसानले लगाएको उखुबारीमा आगलागी भएको छ।

शुक्रबार दिउँसो २ बजे बलरा नगरपालिका-९ का निरज सिंह र पंकज सिंहले १२ कठ्ठामा लगाइएको उखुमा आगलागी भएको हो।

स्थानीय शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर (सुकेको पात) जलाउने क्रममा आगो अनियन्त्रित भई छेउमा रहेको उखुबारीमा आगो सल्किएको थियो।

आगलागीबाट अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै