जनकपुर : सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ।
शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको हो।
परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।
यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।