रौतहट – नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा रौतहटमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ईशनाथ नगरपालिका-४ मठियाको सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिक मोतीहारी ग्राम पन्चायत खरोही–४ बस्ने २० वर्षीय अब्दुल कलामलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए।
चिनियाँ खेलौना (नक्कली पेस्तोल) देखाएर सीमा क्षेत्रमा डर-त्रास देखाई रकम माग्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको महतोले बताए।
प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कलाममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।