मधेशका दुईसहित पाँच विमानस्थलका सबै उडान रद्द

लालबन्दी : प्रतिकुल मौसमका कारण ५ विमानस्थलका सबै उडान रद्द भएका छन्। रात्रिकालिन उडान हुन सक्ने विमानस्थल भिजिविलीटी कम हुँदा उडान रद्द भएका छन्।

तराई भेगमा बाक्लो हुस्सुका कारण आज जनकपुर, बिराटनगर, सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ। काठमाडौंमा भने मौसम सफा रहेका कारण उडान/अवतरण सामान्य छ।

सम्बन्धित समाचार

सबै