मेयर थापालाई फसाउन खोजिएको भन्दै सर्लाहीमा माओवादीले निकाल्यो मसाल जुलुस

बागमती : बागमती नगरपालिकाका मेयर र उपमेयरलाई फसाउन खोजेको भन्दै सर्लाहीको बागमती नगरपालिकामा माओवादीसमर्थित कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन्।

सोमबार साँझ निकालिएको जुलुसमा सहभागी माओवादी कार्यकर्ताहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका छन्।

सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले हिजो आइतबार पनि जिल्लामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको थियो।

बागमतीमा मेयर थापा र उपमेयर लीला मोक्तानमाथि नगर क्षेत्रको पर्ती जग्गामा सुकुमबासी बस्ती बसाएको आरोपमा मुद्दा दायर भएको छ।

जिल्ला वन कार्यालयले मेयर र उपमेयरविरुद्ध वन मुद्दा दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो।

माओवादी केन्द्र सर्लाहीले मेयर र उपमेयरमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोध भएको बताएको छ।

सम्बन्धित समाचार

सबै