१० दिनदेखि बाराको मामाघरबाट बेपत्ता रौतहटका बालकको शव फेला

बारा : बाराको जितपुर सिमरास्थित मामाघरबाट १० दिन अघिदेखि बेपत्ता रौतहटका एक बालकको शनिबार शव फेला परेको छ।

रौतहटको दुर्गा भवानी गाउँपालिका-१ बस्ने रितेश जैसवालका ३ वर्षीय छोरा हंस चौधरीको शनिबार दिउँसो शव फेला परेको हो।

बालकको शव वीरगन्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भए पनि पोस्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने र शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै