जनकपुरबाट बरहथवा आउँदै गरेको बस दुर्घटना, ६ जना गम्भीर घाइते

लालबन्दी : पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि जनकपुरबाट सर्लाहीको बरहथवा आउँदै गरेको बस दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन्।

आइतबार दिउँसो करिब १२ बजे आफैँ अनियन्त्रित भएको ना.५ ख. २८५१ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ६ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।बसमा सवार अरू पनि यात्रु सामान्य घाइते भएका छन्।

घाइतेहरूलाई उपचारका लागि बर्दिबास लगिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै