बागमती नगरपालिकाले दियो फागुन १ गते सार्वजनिक बिदा

बागमती : सर्लाहीको बागमती नगरपालिकाले जनयूद्ध दिवसको अवसरमा फागुन १ गते (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले जनयूद्ध दिवसको अवसरमा फागुन १ गते बिहिबार सार्वजनिक विदा दिएको सूचना जारी गरेका हुन्। माघ ३० को निर्णयअनुसार नगरपालिकामा सार्वजनिक विदा रहने उनले जारी गरेको सूचनामा उल्लेख छ।

भोली नगरपालिकाको मातहतमा रहेका वडा कार्यालय, विद्यालयलगायत सम्पूर्ण कार्यालयहरु बन्द रहने छन्।

सम्बन्धित समाचार

सबै