लालबन्दी : छिटो नागरिकता बनाइदिने भन्दै सेवाग्राहीसँग पैसा माग्ने एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका-३ का सन्तोष कुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई लाइनमा बस्न नपर्ने गरी आफूले छिटो नागरिकता दिलाइदिने भन्दै सेवाग्राहीबाट अनुचित रकम लिएको भन्ने सूचनाका आधारमा महतोलाई पक्राउ गरिएको हो।
प्रहरीले महतोलाई शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय परिसरबाटै पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।