हरिवन । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा चोरले छाडेर भागेको एक भैँसी फेला परेको छ।
गएराति चोरहरूले भैँसी चोरी गरी लैजाँदै गर्दा स्थानीय कुकुर भुकेपछि स्थानीय बासिन्दाहरू ब्युँझिएका थिए। स्थानीय रिना दाहालका अनुसार मानिसहरू जागेको देखेपछि चोरहरूले उक्त भैँसीलाई बाटोमै छाडेर फरार भएका थिए।
चोरले छाडेको भैँसीलाई दाहालले अहिले आफ्नो गोठमा सुरक्षित रूपमा बाँधेर राखेकी छिन्। घटनाबारे जानकारी पाउनासाथ हरिवनस्थित इलाका प्रहरी कार्यालयलाई खबर गरिएको छ।
भैँसीको वास्तविक धनी अहिलेसम्म सम्पर्कमा नआएकाले सम्बन्धित किसानलाई आफ्नो भैँसी लिन आउन आग्रह गरिएको छ। भैँसी धनी वा यस बारेमा जानकारी हुनेले दाहालको मोबाइल नम्बर ९८४४०४८०९९ मा सम्पर्क गर्न सक्नुहुनेछ।