
लालबन्दी : अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषाको विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन् ।
उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट २१ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई काठमाडौं कोटश्वरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।