मधेशका मुख्यमन्त्री सिंहविरुद्ध जनकपुरमा मसाल जुलुस

कौडेना : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको विरोधमा जनकपुरधाममा मसाल जुलुस प्रदर्शन गरिएको छ। शुक्रबार साँझ राष्ट्रिय एकता अभियानका युवाहरूले विरोधस्वरुप मसाल जुलुस प्रदर्शन गरेको हुन्।

भानुचौकबाट सुरु भएको जुलुस शिवचौक हुँदै जनकचौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘मुख्यमन्त्री सतिश सिंह मुर्दावाद’, ‘प्रदेश सरकार मुर्दावाद’जस्ता नारा लगाएका थिए।

मसाल जुलुस सहभागी अक्षय यादवले आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदासमेत मधेसमा कुनै ठोस विकास कार्य अघि नबढेको आरोप लगाए। प्रदेश सरकारले जम्मा १ प्रतिशत मात्र बजेट खर्च गरेको भन्दै उनले मुख्यमन्त्रीको विरोधमा मसाल जुलुस निकालेका हुन्।

उनले मुख्यमन्त्री सिंहले विकास योजनाको कार्यान्वयन गर्नुको सट्टा निजी अस्पतालहरूको अनुगमनमा मात्र चासो देखाउने गरेको आरोप लगाए। यसअघि पटक–पटक ज्ञापनपत्र बुझाए पनि मुख्यमन्त्री सिंहले कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर मसाल जुलुस प्रदर्शन गरिएको यादवले बताए।

सम्बन्धित समाचार

सबै