ईश्वरपुरः ईश्वरपुरमा लत्रिएको तारबाट प्रवाह भएको करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका वडा नम्बर ९ रामनगरमा भएको उक्त दुर्घटना भएको हो।
हिजो (शुक्रबार) बेलुका साढे ७ बजेतिर चुँडिएर बिजुलीको तार भुइँमा लत्रिएको अवस्थामा पन्छाउन जाँदा ३५ वर्षीया राम महतोलाई करेन्ट लागेको र उनलाई बचाउन जाँदा उनकी ३२ वर्षीया कुसुमदेवको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।
दुवै जनालाई तत्कालै उद्धार गरी उपचारका लागि बयलवासकै अस्पताल लगिएको थियो। श्रीमती कुसुमदेवीलाई सिद्धि विनायक अस्पताल बयलबास पुर्याइए पनि उनको ज्यान भने जोगिएन। उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिसकेका थिए। अहिले श्रीमान् रामको बयलबासमै उपचार जारी छ।